३० बैशाख २०८१, आईतवार
Follow Us

अमेरिकामा अलपत्र परेका नेपालीलाई असार ९ र ११ गते स्वदेश फर्काउने तयारी

नेपालब्रिटेन संवाददाता
२ असार २०७७, मंगलवार ०५:४५

काठमाडौं । सरकारले अमेरिकाका विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई चारवटा उडानमार्फत उद्धार गर्ने भएको छ । असार ९ र ११ गते चारवटा उडानमार्फत नेपालीलाई फर्काउन लागिएको अमेरिकास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एयरलाइन्स र वाशिङटनबाट कतार एयरवेजले नेपाली लिएर काठमाडौं उडान गर्नेछन् । यस्तै १३ गते शिकागोबाट टर्किस एयरलाइन्स र ड्यालसबाट कतार एयरवेजले उडान गर्ने निश्चित भएको दूतावासले जनाएको छ ।

सबै उडानमा भाडा भने यात्रुले नै तिर्नुपर्ने दूतावासद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । टर्किस एयरबाट यात्रा गर्ने नेपालीले १५ सय ३७ डलर तथा कतार एयरवेजवाट यात्रा गर्नेले १६ सय डलर तिनुपर्ने बताइएको छ ।

नेपाल फर्किन पासपोर्ट लगायत ट्राभल डकुमेन्ट र कोरोना संक्रमण नभएको प्रमाणपत्र चाहिने बताइएको छ । नेपाल फर्केपछि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने पनि दुतावासले जनाएको छ ।