२९ बैशाख २०८१, शनिबार
Follow Us

सिके राउतको जनमत पार्टीले गर्‍यो भैंसी जुलुस

नेपालब्रिटेन संवाददाता
१९ असार २०७७, शुक्रबार ०४:०८

सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा भैंसी सहित जुलुस प्रर्दशन गरेको छ । सदरमुकाम सिरहामा जनमत पार्टीले नागरिकता विधयेक विरुद्धमा लगातार प्रर्दशन गर्दै आएका छन् ।

यसै क्रममा बिहीबार नागरिकता विधेयकको विरुद्धमा भैंसी सहितको जुलुस प्रर्दशन गरेको हो । जिल्ला सदरमुकाममा आयोजित भैंसी जुलुसमा सहभागीहरुले सरकारको विरोधमा चर्को नारावाजी समेत गरेका थिए ।

जनमत पार्टीका सिरहा जिल्ला इन्चार्ज राजकुमार त्यागीले सरकारले मधेसीमाथि विभेद कायम राख्न नागरिकता विधेयक ल्याएको आरोप लगाए । विधेयक फिर्ता नगरेसम्म आफूहरु निरन्तर विरोध गरिरह्ने जनमत पार्टीले जनाएको छ ।