२६ बैशाख २०८१, बुधबार
Follow Us

कोरोनाबाट मृतकको संख्या ९१ पुग्यो, २४,४३२ सङ्क्रमित

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७७, बुधबार ११:०५

काठमाडौं । पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २४,४३२ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ।