२ श्रावण २०८२, शुक्रबार
Follow Us

ओजोन ग्यासबाट कोरोना भाइरस नष्ट गर्न सकिने जापानका वैज्ञानिकहरुको दावी

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७७, बिहीबार ०८:०७

टोकियो । जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् । मानिसलाई हानि नपार्ने मात्राको ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ ।

जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व अर्थात शुन्य दशमलब शुन्य पाँच पीपीएमको ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दावी गरेका हुन् ।

कम घनत्व भएको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको अध्ययनमा संलग्न वैज्ञानिकहरुको भनाइ छ । यो अध्ययनल अस्पताल पनि सुरक्षित राख्न सकिने देखिएको बताइएको छ ।

धेरै पढिएको