२१ बैशाख २०८१, शुक्रबार
Follow Us

उपत्यकामा थपिए ५९७ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७७, आईतवार ११:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित थपिएका हुन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

यस्तै कोरोना संक्रमणबाट उपत्यका सहित देशभर ९ जनाको मृत्यु भएको छ । काठमाडौमा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।