१५ बैशाख २०८१, शनिबार
Follow Us

डा. गोविन्द केसीको अनशन र मागप्रति कांग्रेसको ऐक्यवद्धता

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७७, आईतवार ०९:३८

काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसीको अनशन र मागप्रति ऐक्यवद्धता जनाएको छ । यद्यपी यस विषयमा केन्द्रीय कार्यसमितिको बैठकबाट थप निर्णय गरी आधिकारिक धारणा सार्वजनिक गर्ने कांग्रेसको भनाइ छ ।

कांग्रेसले आफ्नो नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अनशनरत डा. केसीका अधिकांश माग पुरा हुने पनि जनाएको छ । केसीले पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको अध्ययन सुरु गर्नुपर्ने माग थप गरेका छन् ।

त्यस्तै कोरोना संक्रमण जोखिमका कारण सोमबार बस्ने भनेको केन्द्रीय कार्य समितिको बैठक बस्ने–नबस्ने सम्बन्धमा पनि कांग्रेसले आज निर्णय गर्ने भएको छ । कांग्रेसले आजका बोलाइएको पदाधिकारी बैठक भने स्थगित गरिसकेको छ ।

केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुनेछ ।

संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताए । यद्यपी जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाउनुपर्ने उनको भनाइ छ ।