२९ बैशाख २०८१, शनिबार
Follow Us

सुनको भाउ एकैदिन ३ हजार ४ सयले घट्यो

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७७, मंगलवार ०९:०२

काठमाडौं । सुनको भाउ आज एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको छ ।

सोमबार छापावाल सुन तोलामा ९८ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ ९४ हजार तीन सय रूपैयाँ कायम भएको छ । आज चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबा तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुका साथै कोरोना विरुद्धको खोपमा सफलता मिलेपछि त्यसको असर सुनचाँदी बजारमा देखिएको हो । कोरोना भाइरस बिरुद्धको खोपका सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेपछि सुनको भाउ घट्न थालेको हो ।