२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा विवादमा चिनियाँ राजदूत फेरि सक्रिय

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७७, बुधबार ०४:२१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा उत्तरी छिमेकी मुलुक चीनको राजदूत पुनः सक्रिय भएकी छन् । हिजो राति १०ः३० बजे चिनियाँ राजदूत हाउ यान्छी बालुवाटारबाट निस्केकी थिइन्, त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासतर्फ लागेका थिए ।

पार्टी विभाजनतर्फ उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ राजदूतको चासो प्रकट भएको छ । राजदूत हाउ यान्छीले मंगलबार राति करीब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन् । सवा ९ बजे सुरु भएको संवाद साढे १०ः३० बजेसम्म चलेको थियो । गत वैशाख र असारमा झन्डै विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन पनि राजदूत यान्छी प्रयोग भएकी थिइन् ।

नेकपा सचिवालयको बैठक सहमति भए मात्र हुने भएको छ । नेकपाले आज बुधवार सचिवालय बैठक डाकेको छ । बुधबारको सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न मंगलबार साँझ शीतलनिवास पुगेका थिए ।

सत्तारूढ नेकपा फुटेमा त्यसको असर अरू दलमा पनि पर्ने र देशमा फेरि राजनीतिक अस्थिरता शुरू हुने आकलन गर्न थालिएको छ ।