२९ बैशाख २०८१, शनिबार
Follow Us

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७७, शुक्रबार ०७:२६

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको छ । हालसम्म १५ लाख ११ हजार ९ सय भन्दा धेरैले जनाले कोरोनाका कारण ज्यान गुमाइसकेको हुन । कोरोनाका कारण प्रत्येक ९ सेकेण्डमा १ जनाले ज्यान गुमाइरहेको पछिल्लो तथ्यांकले देखाएको छ । पछिल्लो एक हप्तामा मात्रै औषतमा दैनिक १० हजार जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

अहिले संक्रमणको दोश्रो र तेश्रो लहर चलिरहेकाले संक्रमित र संक्रमणका कारण मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने आशंका गरिएको छ । विश्वमा हालसम्म ६ करोड ५५ लाख ३६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा मात्र १ करोड ४५ लाख ३५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । २ लाख ८२ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

भारतमा ९५ लाख ७१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । १ लाख ३९ हजार २ सय २७ जनाको मृत्यु भएको छ । यस्तै, ब्रजिलमा ६४ लाख ८७ हजार पाँच सय जनामा संक्रमण देखिएको छ । १ लाख ७५ हजार तीन सयको मृत्यु भएको छ । विश्वमा अहिलेसम्म चार करोड ५३ लाख ३९ हजार सात सय जना संक्रमणमुक्त भएका छन । एक करोड ८६ लाख ४८ हजार सक्रिय संक्रमित छन् । एक लाख छ हजार पाँच सय गम्भीर बिरामी छन् ।