३० बैशाख २०८१, आईतवार
Follow Us

संवैधानिक परिषद्को बैठकमा सभामुख अनुपस्थित

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७७, मंगलवार ०६:०१

काठमाडौं । गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटा बैठकमा उपस्थित भएनन् । अर्को बैठक आज बेलुका ५ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमेत असन्तुष्ट छन् । सोही कारण सभामुख सापकोटा बैठकमा नगएको बताइएको छ ।

परिषद् बैठकमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था छ ।