१३ असार २०८१, बुधबार
Follow Us

आज थप ९३६ जनामा कोरोना पुष्टि, नेपालमा सक्रिय संक्रमित ९ हजार मात्र

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७७, मंगलवार ११:३१

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९ सय ३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार। ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३८ हजार ५६९ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।