७ जेष्ठ २०८१, सोमबार
Follow Us

संसद विघटनको विरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा दाहाल-नेपाल समुह

नेपालब्रिटेन संवाददाता
६ पुष २०७७, सोमबार १०:०९

काठमाडौँ । संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध नेकपाको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेको छ । यसका लागि दाहाल-नेपाल समूहसहितका शीर्ष नेताले आज कानुन व्यवसायीसँग परामर्श गरेका छन् ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले सोमबार संविधानविद् तथा कानुन व्यवसायीसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ। नेताहरुले प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक एवं निरंकुशको संज्ञा दिएका छन्।

हिजोमात्रै यो समूहका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।