३१ बैशाख २०८१, सोमबार
Follow Us

कोरियाका नेपालीद्वारा क्यान्सर पीडितलाई सहयोग

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७७, शनिबार ०६:२७

दैलेख । नारायण नगरपालिका–१० का ब्लड क्यान्सर पीडित बालकलाई कोरियामा रहेका नेपालीले सहयोग गरिएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरिया पुगेका नेपालीले दैलेखको नारायण नगरपालिका–१० का ब्लड क्यान्सर पीडित ३ बर्षिया बालक चेतन बोगटीलाई उपचारका लागि आर्थिक सहयोग पठाएका हुन् ।

समाजसेवी गणेशबहादुर बोगटीको समन्वयमा कोरियामा रहेका नेपालीहरुबाट संकलित रकम बालकका परिवारलाई हस्तान्तरण गरिएको छ । कोरियामा रहेका नेपालीहरुले संकलन गरी पठाएको रकम गएको शुक्रवार नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसीले पिडितका आफन्तलाई रकम हस्तान्तरण गरेका हुन् ।