२९ बैशाख २०८१, शनिबार
Follow Us

राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधर आत्तिनु नपर्ने : थापा

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७७, आईतवार ११:०५

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ का अध्यक्ष कमल थापाले राजसंस्था कायम हुँदा गणतन्त्र पक्षधरले आत्तिनु नपर्ने बताएका छन् । आज ट्विट गर्दै अध्यक्ष थापाले संस्था सहितको लोकतन्त्रले शान्ति र समृद्धिको लक्ष्य हासिल हुने उल्लेख गरेका हुन । उनले कसैलाई पनि निषेध नगर्न आग्रह गर्दै निषेधले द्वन्द्व निम्त्याउने बताएका छन् । राप्रपाले केही समयदेखि देशभर हिन्दू राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाको माग राखेर प्रदर्शन गर्दै आएको छ ।