३० बैशाख २०८१, आईतवार
Follow Us

सिरहाका स्वास्थ्यकर्मी र प्रविधिक उत्रिए आन्दोलनमा

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७७, बुधबार ०४:१०

सिरहा । सिरहाको तीन वटा आइसोलेसनमा कोरोना संक्रमितको उपचार, सरसफाई र प्रयोगशालामा खटिएका स्वास्थ्यकर्मी र प्राविधिकहरु आन्दोलनमा उत्रेका छन् ।

सदरमुकाम सिरहाको चन्द्र माध्यमिक विद्यालयको आईसोलेसन, सूर्य नारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको छात्राबास आईसोलेसन र धनगढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई कोरोना अस्थायी अस्पताल धनगढीमा खटिएका चिकित्सक र प्राविधिकले साउनदेखिको तलब भक्ता नपाएका हुन् ।

कोरोना संक्रमणको जोखिमका बेला आफूहरु रोगीको उपचारमा खटिँदा पनि तलब भक्ता नपाएको उनीहरुको गुनासो छ ।

तलबभत्ता र पुनःनियुक्तिको माग पूरा नभए जिल्ला अस्पताल ठप्प पार्ने चेतावनी स्वास्थ्यकर्मीको छ । सिरहा जिल्ला अस्पताल मातहत आईसोलन स्वास्थ्यकर्मी र प्राविधिक गरी ६६ जना खटिएका थिए । उनीहरुको तलब भक्ता भुक्तानी हुन नसकेको जिल्ला अस्पताल सिरहाले जनाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले रकम निकासा गर्न नसकेकाले भुक्तानी हुन नसकेको छ । तीन वटै आईसोलेसन केन्द्रमा साउनदेखि कात्तिक मसान्तसम्म काम गर्नेहरुको तलबभक्ता गरी करिव साढे दुई करोड निकासा नभएको हो ।