२९ बैशाख २०८१, शनिबार
Follow Us

चीनद्वारा कोरोना संक्रमण सुरुवातबारे अनुसन्धान गर्न डब्लुएचओलाई असहयोग

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७७, बुधबार ०४:१५

जेनेभा । कोरोना संक्रमणको सुरुवातबारे अनुसन्धान गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’को टोलीलाई चीनले असहयोग गरेको छ ।

संक्रमणको अनुसन्धान गर्न भनेर गएको विशेषज्ञ टोलीलाई चीनले आफ्नो देशमा प्रवेशको अनुमति नदिएको डब्लुएचओले जनाएको हो । डब्लूएचओको महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले कोरोनाको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको विशेषज्ञ टोलीलाई चीनले अहिलेसम्म आफ्नो देश प्रवेशमा अनुमति नदिएको जानकारी दिएका हुन् ।

गत वर्ष डिसेम्बर अन्त्यमा चीनको वुहान सहरबाट कोरोना संक्रमण शुरु भएको मानिएको छ । तर वास्तविकता अझै प्रष्ट हुन नसकेकाले डब्लूएचओका वैज्ञानिक अनुसन्धानमा जुटेका छन् । त्यसका लागि गत जनवरीमै डब्लूएचओले विशेषज्ञको टोली बनाएर उहान जाने तयारी गरेको थियो ।

तर अहिलेसम्म पनि चीनले बुहान जानका लागि डब्लुएचओको टोलीलाई अनुमति दिएको छैन । अनुसन्धानमा चीनले देखाएको रबैयाबाट निकै निराश भएको पनि गेब्रेयससलेले बताएका छन् ।