२९ बैशाख २०८१, शनिबार
Follow Us

मुख्यमन्त्री राई विवाह माघ ११ गते

नेपालब्रिटेन संवाददाता
४ माघ २०७७, आईतवार ०४:५०

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं पूर्व सञ्चारमन्त्री ४८ वर्षिय शेरधन राईको विवाह २० वर्षिया मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते हुने भएको छ । स्रोतका अनुसार विवाह काठमाडौँमा हुने छ । काठमाडौँमा विवाह लगत्तै प्रदेश १ को राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ । मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।