३२ असार २०८२, बुधबार
Follow Us

कोरोनासँग जुध्न बेलायतलाई लाखौ डलर सहयोग गर्ने टमको कोरोनाले नै निधन

नेपालब्रिटेन संवाददाता
२१ माघ २०७७, बुधबार ०४:३०

लन्डन । कोरोना भाइरससँग जुध्नको लागि बेलायतलाई लाखौं डलर सहयोग गर्ने क्याप्टेन सर टम मूरेको कोरोनाकै कारण निधन भएको छ । टमको गयराति उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

एक सय वर्षका टमले ३३ मिलियन पाउण्ड एनएचएस च्यारिटीको लागि रकम जम्मा गरेका थिए । टमको निधनमा बेलायतकी महारानीले समवेदना व्यक्त गरेकी छिन् ।

महारानीले टमको योगदान सराहनीय रहेको र विश्वलाई नयाँ तरिकाले बाँच्न सिकाएको प्रतिक्रिया दिएकी छिन् । टम एक हप्ताअघि कोरोना संक्रमणको सिकार भएका थिए ।

सेनाबाट अवकाश पाएका टमले सयौँ जन्मदिन अगाडि आफ्नो बगैँचाको एक फन्को मारेर ठूलो रकम चन्दा उठाएका थिए । उनलाई एउटा विशेष समारोहमा महारानी एलिजावेथले सम्मान पनि गरेकी थिइन् ।

धेरै पढिएको