२६ असार २०८१, मंगलवार
Follow Us

ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७७, शुक्रबार ०५:४७

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा बृहत् सभा गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ सो समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागेको हो ।

नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीको आयोजनामा हुन लागेको सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्लाका नेता कार्यकर्ता सहभागी हुनेछन् ।

साथै देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने नेकपाले जनाएको छ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकाल्ने कार्यक्रम छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् ।

पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको नेकपाले जनाएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।