३२ असार २०८२, बुधबार
Follow Us

‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानामा थुन्छु’

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७७, शुक्रबार ०९:३५

काठमाडौ । केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभा सुरू भएको छ। दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडिको सडक अवरूद्ध गरेर नेकपाले आमसभा आयोजना गरेको छ। सभालाइ सम्बोधन गर्दै ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।

प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै नेता बादलले मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु भनेका हुन् । मांसाहारी आन्दोलनलाई संविधान र कानुनमा अपराध भएको उनले बताए ।

त्यसको जवाफ दिँदै गृहमन्त्री समेत रहेका ओलीपक्षीय नेता बादलले मांसाहारी आन्दोलन गर्छु भन्नेहरुलाई चिडियाखानामा थुन्ने चेतावनी दिएका हुन्।उनले अहिलेको असाधारण परिस्थिति प्रचण्ड–नेपाल समूहले निम्त्याएको आरोप लगाए । दुई तिहाई बहुमतको सरकारलाई अपदस्थ गर्ने खेल भएपछि सरकारबाट रक्षात्मक कदम चालिएको उनको भनाई थियो ।

धेरै पढिएको