१ श्रावण २०८२, बिहीबार
Follow Us

झाक्री पक्राउ परेपछि गगन आक्रोसित

नेपालब्रिटेन संवाददाता
२९ माघ २०७७, बिहीबार ०८:२६

काठमाडौं । सरकारलाई झ्लाखाना थप्न नेपाली कांग्रेसका युवा नेता गगन थापाले सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाक्री पक्राउप्रति लक्षित गर्दै नेता थापाले यस्तो सुझाव दिएका हुन् ।

नेतृ झाँक्री बिहीबार पक्राउ परेकी हुन् । नेता थापाले ट्वीटमा भनेका छन्– ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ।’ त्यस्तै सरकारलाई झ्यालखानाको संख्या थप्न पनि उनले भनेका छन्।

‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’ राज्यविरूद्धको कसूर आरोपमा महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोलीले पक्राउ गरेको हो।

धेरै पढिएको