४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

निर्वाचन आयोग जाँदै नेकपा प्रचण्ड–माधव समूह

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७७, बिहीबार ०७:३८

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । नेकपा विवादबारे कुनै निर्णय नभएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुले आयोग जाने तयारी गरेका हुन् ।

बुधबार केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको थियो । यो समूहले गत माघ २० गते आयोगमा वैधानिकता दाबीपत्र बुझाएको थियो । तर, आयोगले भने यसबारे कुनै निर्णय गरेको छैन । ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–माधव समूह निर्वाचन आयोगप्रति असन्तुष्ट छ ।