४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेपाली कांग्रेस नेता अशोक कोइरालाको निधन

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७७, बिहीबार ०४:५९

काठमाडौं । नेपाली कांग्रेस मोरङका पुराना नेता अशोक कोइरालाको बुधबार राति निधन भएको छ । निमोनियाबाट पीडित कोइरालाको उपचारका क्रममा विराटनरको न्यूरो अस्पतालमा मृत्यु भएको हो । उनको आज स्थानीय सिंघीया घाटमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

७७ वर्षीय कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति थिए । उनी प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो नगर प्रमुख पनि हुन् । उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भएका थिए । उनी कांग्रेस महासमिति सदस्य पनि थिए ।

उनी पूर्वप्रधानमन्त्री तथा सभापति स्व. सुशिल कोइरालाका भाइ हुन् । कोइराल नेपाल विद्यार्थी संघका संस्थापक सदस्य पनि हुन् । शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका अध्यक्ष हुँदा कोइराला उपाध्यक्ष थिए । कोइरालाका एक छोरी र एक छोरा छन् ।