१४ असार २०८१, बिहीबार
Follow Us

करिव बीस हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

नेपालब्रिटेन डट कम्
२० पुष २०७३, बुधबार ०६:३०

काठमाडौं । सार्वजनिक पद धारण गरेका झण्डै बीस हजार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण नबुझाएको जनाएको हो । केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, चार सय २९ प्रहरी र एक हजार चार सय ७७ अन्य छन् । नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएपनि कतिपय कर्मचारीले अटेर गरेको केन्द्रले जनाएको हो । समयभित्रै चार लाख १२ हजार आठ सय एक र समय बितेपछि दुई हजार सात सय दुई जनाले भने सम्पत्ति विवरण बुझाएका छन् । समयमै सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाहीको सिफारिस गरिने केन्द्रका प्रवक्ता विष्णुराम लामिछानेले जानकारी दिए ।