काठमाण्डौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ।
काठमाडौंको चपली हाइटस्थित एक घरमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरू भएको हो।
रामेश्वर थापाको निवासमा उनीहरूबीच बिहीबार दिउँसो भेटवार्ता सुरू भएको हो।
आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित चार नेतालाई गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो।