२७ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसले कोभिड बिरुद्ध लड्न विदेशमा आर्थिक संकलन गर्दै

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७८, सोमबार ०५:०८

लण्डन । नेपालमा कोरोना भाइसरको संक्रमण तिब्रगतिमा बढे पछि नेपाली कांग्रेसले कोभिड पिडितको सहयोगार्थ आर्थिक संकलन सुरु गरेको छ ।

कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विदेश शाखा मार्फत आर्थिक संकलन गर्न लागिएको प्रतिष्ठानको विदेश शाखा संयोजक गंगाधर गौतमले जानकारी दिए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधीको संयोजकत्वमा रहेको कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशका ३० भन्दा बढी देशमा संगठनको विस्तार गरेको छ ।
गौतमले कोरोना पिडितको सहयोगार्थ आइतवार सम्म १२ लाख भन्दा बढी रुपैयाको प्रतिबद्धता आएको र ३० लाख रुपैया जम्मा गर्ने लक्ष लिइएको जनाए ।

नेपाली कांग्रेसको कोभिड १९ उच्चस्तरिय समितिका संयोजक तथा सहमहामन्त्री डा. प्रकाशशरण महतले शनिवार विदेशस्थित कांग्रेसका नेता तथा कार्यकर्ताको एक भर्रचुअल भेला गर्दै आर्थिक सहयोगको लागि आग्रह गरको छन् ।

तीस भन्दा बढी देशमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दे डा. महतले देशका स्वास्थ्य संकट परेको बेला पार्टी चुप लागेर बस्न नसक्ने भन्दै विश्वभर छरिएका कार्यकर्ताहरुलाई सहयोगमा जुट्न आव्हान गरे ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा केन्द्रीय सदस्य एनपी साउदले जिल्लाजिल्लामा अक्सिजन अभाव रहेको जानकारी दिए । उनले सरकारी लार्पवाहीले गर्दा जनताको जीवन जोखिममा पर्दै गएको बताए ।

नेपाली कांग्रेस जनसम्पर्क समिति विभागका प्रमुख गोविन्द भट्टराईले वर्तमान अवस्थामा विदेशमा रहेका नेपालीहरुको सहयोगको ठूलो अर्थ रहने बताउँदै एक जुट भएर आर्थिक संकलनमा लाग्न जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले अमेरिकाबाट मात्रै ५० लाख रुपैया आर्थिक सहयोग संकलन गर्ने प्रतिबद्धता जनाए ।

भेलामा बोल्ने अधिकांस वक्ताहरुले देशमा कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा पार्टीका नेता तथा कार्यकर्ता एक ठिक्का भएर सहयोग संकलन गर्न लाग्न सुझाव दिएका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका पदाधिकारी लगायत बिभिन्न देशका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको उपस्थिती थियो ।