१६ बैशाख २०८१, आईतवार
Follow Us

नेपालका लागि सहयोग संकलनमा जुट्यो एनआरएनए आयरल्याण्ड

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७८, आईतवार १८:२१

आयरल्याण्ड। नेपालमा कोरोना भाइरसको दोस्रो लहरले उग्र रुप लिएसँगै त्यसकाविरुद्ध एनआरएनएले सहयोगको अभियान नै संचालन गरेको छ । एनआरएनएले विभिन्न देशबाट आर्थिक संकलन गरी स्वास्थ्य सामग्री नेपाल पठाइरहेको छ । केही दिन अघिमात्रै पनि ओमनबाट ६ सय ५० थान अक्सिजन सिलिण्डर पठाएको थियो ।

विभिन्न देशका एनआरएनहरु अहिले त्यहाँ बस्ने नेपाली तथा विभिन्न संघ संस्थासँग मिलेर सहयोग संकलन गर्नमा जुटेका छन् । यस्तै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, आयरल्याण्ले यहाँ बसोवास गर्ने नेपाली तथा विभिन्न संघ संस्थाहरुलाई सहयोगको लागि अपिल गरेको छ । एक विज्ञप्ती जारी गर्दै संघले एक व्यक्तिको सानो सहयोगले पनि धेरै मानिसको ज्यान जोगीने भन्दै सहयोगका लागि अनुरोध गरेको छ ।

संघका अध्यक्ष मिलन छन्त्यालले नेपालमा रहेका आफ्ना आफन्त जोगाउन छिट्टै सहयोग जुट्ने विश्वास व्यक्त गरे । उनले यो परिस्थितीसँग जुध्न एनआरएनए केन्द्र, क्षेत्र तथा एनसीसी सबै लागिपरेको बताएका छन् । उनले प्रवास खबरलाई भने, ‘अहिले नेपालको यो विषम् परिस्थितीमा हाम्रो सानो सहयोगले पनि मानिसको ज्यान जोगाउन सकिन्छ भनेर हामी लागि परेका छौं ।’

उनले अगाडि भने, ‘अब यस्तो परिस्थितीमा हामी हरसम्भव सक्दो सहयोग गनेछौँ ।’