२६ बैशाख २०८१, बुधबार
Follow Us

बागलुङ –बेनी सडक अवरुद्ध

नेपालब्रिटेन डट कम्
२ असार २०७८, बुधबार ०३:२३

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको बागलुङखण्ड पहिराका कारण अवरुद्ध भएको छ । निरन्तरको पहिराले करिडोरको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडकको माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको र निरन्तरको वर्षात्का कारण पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

यस्तै निरतरको वर्षात्का कारण बागलुङदेखि म्याग्दीको बेनी जोड्ने सडक अवरुद्धभएको छ । बागलुङ –५ कुडुँले नजीकै सडकमाथिबाट आएको पहिराले बागलुङ –बेनी सडक अवरुद्ध भएको हो ।