काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि प्रवक्ता ज्ञवालीले यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको बताएका हुन् ।
‘अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ’, उनले भने । ज्ञवालीका अनुसार अदालतको आदेशबारे थप छलफल गरिने भएको छ । ‘अप्रत्यासित छ । यसबारे बाँकी निर्णय हामी बैठक बसेर गर्छौ’, उनले भने ।