२२ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतको नटिङघममा साइकल दुर्घटनामा बाग्लुङका गौतमको निधन

नेपालब्रिटेन डट कम्
१० असार २०७८, बिहीबार २२:३९

लन्डन । बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा बाग्लुङका बद्री गौतमको निधन भएको छ ।

गत जुन १८ तारिख शुक्रबार बिहान साइकल दुर्घट्नामा गम्भीर घाइते ३४ वर्षीय गौतमको आइतबार मृत्यु भएको पारिवारीक स्रोतले जनायो ।

नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउंमा जन्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत आएका थिए । उनी केही वर्षदेखि सेफका रुपमा कार्यरत थिए ।

घट्नापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा आइतबार राती १० बजे निधन भएको हो । साइकलबाट पल्टिएर टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राती १० बजे निधन भएको बताइएको छ ।

७ दिदी बहिनीका एक्ला भाई गौतमले दुई वर्ष अघिमात्र आमा गुमाएका थिए ।

नेपाली समाज नटिंघमका आजीवन सदस्य बद्रीको अन्त्येष्टी यही शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले जनाए ।