५ जेष्ठ २०८१, शनिबार
Follow Us

नेप्से परिसूचक ४७.४९ अंकले घट्यो

नेपालब्रिटेन संवाददाता
१५ असार २०७८, मंगलवार १३:०३

काठमाडौ । सेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४९ अंकले घटेको छ । मंगलबार बजारमा देखिएको तीव्र उताचढावपछि नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८७ अंकले घटेको छ ।

दिनभर भएका ७५ हजार ८ सय ८० वटा कारोबारबाट २३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने लघुवित्त समूहबाहेक सबैको सवइन्डेक्स घटेको छ । सबै समूह घट्दा पनि लघुवित्त समूह २६ दशमलव ४ अंकले बढेको छ ।