९ जेष्ठ २०८१, बुधबार
Follow Us

२९०५ संक्रमित, १८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० असार २०७८, बुधबार १३:१०

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ९ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ८ हजार १ सय ८ आरटी पिसिआर र ४ हजार ९ सय १६ एन्टिजेन गरी कुल १३ हजार २४ जनामा परीक्षण गरिएकोमा २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ६ सय ६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख २४ हजार ७ सय ११ पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा १८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ ।