५ जेष्ठ २०८१, शनिबार
Follow Us

पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घट्यो

नेपालब्रिटेन संवाददाता
३१ असार २०७८, बिहीबार ०५:३४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घटाएको छ । गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । पेट्रोलको मूल्य अब १ सय २८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमले यही असार २२ गते पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय उडान) तथा खाना पकाउने ग्यासको भाउ बढाएको थियो । निगमले २ रुपैयाँले पेट्रोलियम पदार्थको भाउ बढाएको पनि विभिन्न ५ वटा विद्यार्थी सङ्गठनको विरोधपटिछ १ रुपैयाँ घटाएको हो ।