२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेको अध्यक्षमा रोजीना प्रधान राईलाई जिताउन तमुधिं यूकेको अपिल

नेपालब्रिटेन डट कम्
३१ असार २०७८, बिहीबार २२:२४

लण्डन । बेलायतस्थित तमुधिं यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा रोजीना प्रधान राईलाई जिताउन अपिल गरेको छ ।

तमुधिंले विहीवार आफ्नो फेसबुक पेज मार्फत एक विज्ञप्ति जारी गर्दै रोजिनाले विगतमा निरन्तर संस्थालाई सहयोग गरेको स्मरण समेत गरेको छ ।

विज्ञप्तिमा ‘बेलायतको नेपाली समुदायमा उहां जस्ता मनकारी अभियन्तालाई हामीले पूर्ण समर्थन गर्नुपर्छ । आसन्न एनआरएनए यूके निर्वाचनमा अध्यक्षकी प्रत्यासी उहांलाई मत दिएर जिताउन हामी सबैमा अपिल गर्दछौं’ उल्लेख गरिएको छ ।

तमुधिंले ‘एक दशक बढी समयदेखि बेलायत बस्दै आएकी महिला उधमी तथा प्रभावशाली अभियन्ता रोजिनाको समाजसेवा ज्यादै लोभलाग्दो र प्रेरणादायी रहेको’ जनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ

महिला अभियन्ता रोजिना प्रधान राईप्रति हार्दिक आभार
बेलायतकी सक्रिय महिला अभियन्ता तथा उधमी रोजिना प्रधान राईले तमुधि यूकेद्वारा यही २४ जुलाईमा गर्न लागिएको १९ औं गोर्खा कप २०२१ को नन भेट्रान्सतर्फ प्रथम पुरस्कार (२५०० पाउन्ड) प्रायोजन गर्ने घोषणा गर्नु भएकोमा हामी ज्यादै अनुग्रहित छौं ।

नेपाली युवा खेलाडीलाई प्रोत्साहन गर्न श्रीमति रोजिनाको यस पून्य कार्यप्रति तमुधि यूके आभार ब्यक्त गर्दछ ।

तमुधि यूकेले रोजिनाबाट यस खालका सहयोग विगतमा पनि निरन्तर पाएको थियो । बेलायतको नेपाली समुदायमा उहां जस्ता मनकारी अभियन्तालाई हामीले पूर्ण समर्थन गर्नुपर्छ ।
आसन्न एनआरएनए यूके निर्वाचनमा अध्यक्षकी प्रत्यासी उहांलाई मत दिएर जिताउन हामी सबैमा अपिल गर्दछौं ।

एक दशक बढी समयदेखि बेलायत बस्दै आएकी महिला उधमी तथा प्रभावशाली अभियन्ता रोजिनाको समाजसेवा ज्यादै लोभलाग्दो र प्रेरणादायी रहेको हामीले पाएका छौं । उहांका हरेक पाइलामा सफलता मिलोस् भन्ने कामना गर्दछौं ।

तमुधिं यूके परिवार