४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

बेलायतका स्वास्थ्यकर्मीहरुको तलब वृद्धि

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०७८, बिहीबार ११:०९

लन्डन । बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा बृद्धि गरिएको सरकारले बुधबार घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा बृद्धि गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले स्वास्थ्यकर्मीहरुको तलवमा तीन प्रतिशत बृद्धि गर्न सिफारिस गरेपछि सरकारले बृद्धि गरिदिएको हो ।

‘स्वास्थ्यकर्मीहरुको भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगात पनि पर्ने छन्, उनीहरुले पनि तलव बृद्धिको सुविधा पाउने भएका छन’ सरकारी निकायद्धारा जारी वक्तव्यमा लेखिएको छ । बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदी निर्धारण गर्न स्वतन्त्र निकायको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को व्यवस्था गरिएको छ ।

कोरोनाभाइरसको महामारी विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरुको सेवा सुविधा बृद्धि आवश्यक भएको एनएचएसले निश्कर्ष निकालेको हो ।
साथै सो म्यासेजमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ ।