२७ बैशाख २०८१, बिहीबार
Follow Us

स्थानीय निर्वाचन नयाँ संरचनामा हुन सक्दैन : डा कोइराला

नेपालब्रिटेन डट कम्
५ माघ २०७३, बुधबार १३:२३

लमजुङ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निर्वाचन नयाँ संरचनामा हुन नसक्ने बताउनुभएको छ । सुन्दरबजारस्थित आदर्श बाल माविको हीरक उत्सव समापन कार्यक्रममा डा कोइरालाले भन्नुभयो, “पुनःसंरचनामा धेरै विवाद छन्, त्यसैले पुरानै संरचनामा टेकेर स्थानीय निर्वाचन गर्नुपर्छ ।”
उहाँले जनताको भावना विपरीत राज्य पुनःसंरचना हुन नसक्ने बताउँदै संविधान कार्यान्वयनका लागि जनताको सहभागिता र समर्थन चाहिन्छ भन्नुभयो । स्थानीय निर्वाचन भएको तीन चार महिनाभित्र प्रान्तको स्वरुप निर्धारण हुने उहाँको जिकिर थियो । उहाँले संविधान संशोधनको प्रस्ताव पारित गरेर प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिने बताउनुभयो ।