काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।
नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली आज बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो । फतेमाको टोलीको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
टोली एमसीसीबारे नेपाल सरकारसंग छलफल गर्न आएको हो । एमसीसी सम्झौता पास गर्ने विषयमा नेपाली राजनीतिक वृत्तमा एकमत देखिएको छैन ।