काठमाडौं । तिज हिन्दु नारीहरुको मुख्य पर्व हो । जनु पर्वमा नारिहरुले भगवान शिव जस्तै बर पाम भनि बर्त बस्ने र शिव मन्दिर हरुमा गई पुजाआज गर्ने गर्दछन् ।
हामीले मान्ने गरेका विभिन्न वर्तहरु धर्मसंग जोडिएका हुन्छन् । त्यस्तै तिजको पनी आफ्नै धार्मिक ईतिहास छ । बर्तराज ग्रन्थ, राजमार्तण्ड ग्रन्थ लगाएतका केहि ग्रन्थहरुमा पार्वतिले चर्तुथको बर्त लिएकी थिईन जुन बर्तलाई हरित बर्ष भन्ने गरिन्थ्यो । भगवान शिव त्रिदेव मध्यका प्रमुख देवता हुन, शिवलाई योगका प्रणेता पनि मान्ने गरिन्छ ।
भगवान शिवसंग धेरै गुण भएकाले यस्ता बिशेष गुण भएका शिवलाई प्राप्त गर्न पार्बतीले गरेको कठिन बर्तबाट तिज सुरुवात गरिएको बिश्वास गरिन्छ । पार्वतीले सुरु गरेको यो बर्त तिजको रुपमा कहिले बाट सुरु भयो भन्ने कुराको भने कुनै प्रमाण छैन् । पर्वतीले यो वर्त लिदा दरको रुपमा एक अन्जुली पानी र सुकेको पात खाएको कुरा उल्लेख छ ।
धार्मिक ईतिहासमा तिजको बर्त पानी पनी नखाई बसेको कुरा उल्लेख छ ।