२२ माघ २०८२, बिहीबार
Follow Us

किसान श्रेष्ठ मन्त्री बन्ने पक्का !

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७८, बुधबार ०६:१३

काठमाडौं । नेकपा (समाजवादी)का नेता तथा सांसद कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) मन्त्री बन्ने पक्कापक्की भएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनावमा हराएका श्रेष्ठलाई केपी शर्मा ओलीले समेत मन्त्री नबनाएपछि सर्वत्र आलोचना भएको थियो ।

कांग्रेसका घानी तनहुँ १ मा पौडेल जस्ता वरिष्ठ नेतालाई पराजित गरेका श्रेष्ठलाई नेकपा समाजवादीले भने पुरस्कृत गर्ने पक्कापक्की भएको छ । मन्त्री परिषद विस्तारका लागि तयारी भइरहँदा उनलाई मन्त्री बनाउने विषयमा नेताहरुले सहमति जनाएका छन् । गण्डकी प्रदेश समेट्नुपर्दा उनी एक्ला दावेदार समेत हुन् ।

गण्डकी प्रदेशका इञ्चार्ज समेत रहेका नेता कृष्णलाल श्रेष्ठले गण्डकीबाट मन्त्री बनाउँदा बन्ने किसान श्रेष्ठ नै भएको बताए । मन्त्रालयको भागवण्डा मिलाउने र कोको मन्त्री जाने भन्ने विषयमा टुंगो लागिनसकेको नेता श्रेष्ठको भनाइ छ ।

नेकपा समाजवादीबाट किसान श्रेष्ठसहित विरोध खतिवडाको नेतृत्वमा प्रेम आले, मेटमणी चौधरी, रामकुमारी झाँक्री लगायतका सांसदहरुलाई मन्त्री बनाउने तयारी भइरहेको छ । अध्यक्ष माधवकुमार नेपाल बिरामी परेकाले स्थायी समिति बैठक बस्न सकेन् । अध्यक्षसँगको परामर्शमा मन्त्री बनाउने नेताहरुको नामलाई अन्तिम रुप दिने तयारीमा नेकपा समाजवादी लागेको छ ।

धेरै पढिएको