ताजा खबर

माओवादी अध्यक्ष प्रचण्डसंग टोकियोमा अन्तरक्रिया हुने

लण्डन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग जापानको राजधानी टोकियोमा अन्तरक्रियाको आयोजना हुने भएको छ ।
नेपाली जनप्रगतिशील मंच जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् ।
प्रचण्डले टोकियोमा “समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रिया कार्यक्रमलाई विशेष सम्बोधन गर्ने बताएको छ ।
टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगष्ट ७ तारिख हुने कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको उल्लेख्य उपस्थिती रहने आयोजकले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्