कांगे्रसले हिन्दू धर्मको अभिमतलाई सम्मान गर्नुपर्छ
शंकर भण्डारी, वन मन्त्री, कांगे्रस केन्द्रीय सदस्य
नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा वन मन्त्री शंकर भण्डारीले नेपाली कांगे्रसभित्र हिन्दू धर्मप्रतिको अभिमतलाई सम्मान गर्नुपर्ने बताएका छन् । आवश्यक परे जनमतसंग्रहमा जानसमेत कांगे्रस तयार हुनुपर्ने नेता भण्डारीको मत छ । कांगे्रस नेता खुमबहादुर खड्का नजिक मानिनु हुने मन्त्री भण्डारीले हिन्दू धर्मको एजेन्डाबार पार्टीको चालू बैठकमै छलफल हुने विश्वास गरे । वर्तमान राजनीतिमा कांगे्रसको भूमिका, स्थानीय तहको निर्वाचनको तयारी तथा हिन्दू धर्मबारे गरिएको कुराकानी
० कांगे्रस चुनावमा जान्छ कि संविधान संशोधनतिर ?
– चुनाव अनिवार्य भइसक्यो, चुनावका लागि नेपाली कांगे्रसले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । संविधान जारी भएपछि देखिएको राजनीतिक असहमति, मधेशी दलहरुको असन्तुष्टिलाई पनि व्यवस्थापन गरेर निर्वाचनसँगै अघि बढ्नुपर्छ । यही विषयमा हामी अहिले गम्भीर ढंगले बहसमा केन्द्रित छौं ।
० समय थोरै छ, संविधान संशोधन नगरी चुनावमा जानु हुँदैन भनिएको रहेछ ?
– जिम्मेवारी र उत्तरदायित्व हामी सबैले मनन गर्नुपर्छ । संविधान जारी भइसकेपछि पनि एक किसिमको द्वन्द्व देखियो । गम्भीर राजनीतिक असमझदारी मुलुकमा कायमै छ । मुलुकले राजनीतिक स्थायित्व पाएको छैन । यो यथार्थतालाई मनन गर्दै, देखिएका समस्यालाई समाधान नगरी एक पक्षीय ढंगले अघि बढ्छु हिजो पनि भन्न सकिन्थ्यो । हिजो किन बढेनौं, एमाले अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले किन निर्वाचनको घोषणा गर्न सक्नुभएन । यी कुरालाई सबैले वस्तुगत विश्लेषणसहित मनन गरौं, सकेसम्म सबै मिलेर मधेशकेन्द्रित दलको असन्तुष्टिलाई सम्बोधन गर्ने उपाय खोजौं । उहाँहरुलाई निर्वाचनमा लिएर जाऔं र संविधान कार्यान्वयन गरौं भन्ने नेपाली कांगे्रसको उद्देश्य हो ।
० संविधान संशोधन नगरी चुनाव जाने ?
– संविधान संशोधन नगरी जाने हो भने आजसम्म किन कुरेको ? एमाले अध्यक्ष प्रधानमन्त्री भएका बेला निर्वाचनको मिति किन घोषणा नगरेको ? उहाँले पनि ९ महिनासम्म सरकारको नेतृत्व गर्दैगर्दा निर्वाचन किन गराउन सक्नुभएन । यो समय खेर जाँदैन थियो नि ।
० तपाईंहरु निर्वाचन गराउन सरकारमा जानुभएको होइन ?
– त्यो प्रयास हामीले गरेका छौं, मधेश केन्द्रित दल सडकमा थिए, सदनमा ल्यायौं, वार्तामा बसायौं, समस्या समाधानका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरायौं । पछिल्ला परिघटनामा सँगसँगै हिड्ेको नेकपा एमाले अहिले जुन विचार राख्दैछ, एउटा पक्षलाई उत्तेजक बनाउने किसिमका विचार प्रवाह गर्दैछ, भाषा प्रयोग गर्दैछ, यो विचरणीय र बुझ्न नसक्ने विषय छ ।
० मधेशी मोर्चा फर्किएर फेरि सडकमै पुगेका छन् नि ?
– जो जसबाट गल्ती भए, जो जसबाट राम्रा काम भए ती पुराना कुरा छोड्छौं, सबैजना एकै ठाउँ उभिएर अन्तिम प्रयास गरौं भन्ने हाम्रो पार्टीको निष्कर्ष हो । संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई प्रकृयामा लैजाऔं । संसदले जे निर्णय गर्छ, त्यही आधारलाई टेकेर निर्वाचनमा जाऔं भन्ने हाम्रो दृष्टिकोण हो ।
० खुट्टा कमाइराख्नु भएको छ ?
– जिम्मेवारी वहन गरेको, लचकता अपनाएकालाई खुट्टा कमाएको भनेर व्याख्या गर्नु उचित हुँदैन ।
० एमालेले संशोधन प्रस्ताव अगाडि बढाउन दिएन भनिरहनुभएको छ ?
– त्यो प्रष्ट देखिएको कुरो हो, एमालेले असहयोग गरेको छ ।
० एमालेलाई दोष दिनुभन्दा सत्तारुढ दल किन अघि बढ्न नसकेको ?
– संविधान संशोधनको प्रकृयालाई कुनै हालतमा नरोक्ने हाम्रो निष्कर्ष हो ।
० कहिले अघि बढ्छ ?
– प्रधानमन्त्रीज्यू चीन भ्रमणबाट फर्किएपछि यस विषयमा सत्तारुढ दलको बैठक बस्छ, हामी हामी एउटा निष्कर्षमा पुग्छौं । मिलेर जाऔं, प्राप्त उपलब्धीलाई रक्षा गरौं भन्ने नै हाम्रो प्रयास हुनेछ ।
० कांगे्रस अब कसरी अगाडि बढ्छ ?
– मुलुक संकटमा रहेका बेला दोस्रो ठूलो दल नेकपा एमालेले जस्तै आफ्नै ढंगले हिड्ने हो भने भोलि यो मुलुक कसले सम्हाल्छ ? कसैलाई दुःखी बनाउने वा खुशी पार्न कांगे्रसलाई आवश्यक छैन । समस्या सल्टाएर जाऔं भन्ने कांगे्रसको उद्देश्य हो ।
० कसरी मनाउनु हुन्छ मधेशवादी दल र एमालेलाई ?
– मोर्चालाई सीमांकन विवाद आयोग बनाएर जाऔं भनेका छौं, सीमांकनबाहेकको संविधान संशोधन प्रस्ताव पास गरेर एमालेलाई भन्दैछौं । हाम्रो कुरा स्पष्ट छ ।
० यो कुरा त मानेका छैनन नि ?
– सबै कुरा कांगे्रसले मात्र चाहेर हुँदो रहेनछ । माने मान नत्र अघि जान्छु भन्न कांगे्रसजस्तो लोकतान्त्रिक पार्टीले भन्न सुहाउँदैन । हरेक अप्ठ्यारोलाई सजिलो बनाउँदै नेतृत्व गर्नुपर्ने कांगे्रसलाई त्यो अभिभारा सुम्पेको छ । घुर्की र फुर्की, धम्की र घमन्डले कुनै कुरा प्राप्ति हुँदैन, मुलुक सबैभन्दा ठूलो कुरा हो ।
० अदालतको विषयमा केन्द्रीय समितिमा छलफल भएको हो ?
– आईजीपी नियुक्तिमा कानुनी कुरालाई बढी जोड दिएर विश्लेषण गर्दिनुप¥यो, छलफल गर्दिनुप¥यो । नेपाल प्रहरीमा आईजीपी कसलाई बनाउने भन्न विषय नितान्त सरकारको अधिकार क्षेत्रको विषय हो । यस विषयमा अदालतमा नजिरहरु छन् । लोकतान्त्रिक संस्कारमा हुर्केको मान्छेले अदालतको सम्मान गर्छु, मान हानीको विषयमा कल्पना गर्न सक्दिैन । तर दुर्भाग्य कानुनको संरक्षण गर्नुपर्ने निकायले सरकारको निर्णयलाई उल्टाउने काम भयो । यो गम्भीर, चिन्ता र आश्चर्यको विषय भएको छ ।
० अदालतभित्र पुनः अर्को निवेदन दिनुहुन्छ ?
– अदालतको सम्मान गर्छौ, गरिरहने छौं । सरकारको कार्यकारी अधिकारप्रति पनि हामी दृढतापूर्वक लाग्छौं ।
० अदालतको निर्णयविरुद्ध कांगे्रस जानसक्दैन ?
– सरकारको निर्णय गर्ने जुन अधिकार छ, त्यो कुरामा हामी दृढ छौं । सरकारको जिम्मेवारीप्रति हामी स्पष्ट छौं ।
० के गर्नुहुन्छ ?
– अदालतको सम्मान कांगे्रसले गर्छ, त्यस्तै लोकतान्त्रिक विधिले बनेको सरकारको कार्यकारी अधिकारलाई स्थापित गर्न कांगे्रस दृढ छ ।
० सरकारको निर्णय उल्टाइदियो नि ?
– आफ्नो पोजिसनमा अघि बढ्दा सरकारले आफ्नो अधिकार दृढतापूर्वक लागू गर्छ ।
० चन्दलाई नै अघि बढाउने ?
– त्यो कुरा भोलिको निर्णयले थाहा हुन्छ । लोकतान्त्रिक विधि र प्रकृयामा सरकार कसैको बाधा बन्देज र दबाबमा चल्ने भन्ने हुँदैन । आफ्नो अधिकारलाई दृढतापूर्वक लागू गर्छ ।
० पार्टीभित्र धर्मनिरपेक्ष्यका विरुद्धमा कुरा उठ्यो ?
– धर्मनिरपेक्ष्य भनेपछि आन्दोलनको कुरा जोडिन्छ । धर्मनिरपेक्ष्यका विषयमा कसैले नबोलेको आन्दोलन थियो, नियोजित र षड्यन्त्रमूलक ढंगले लागू गरियो । बाध्यात्मक रुपमा संविधानमा यो कुरा लेखिएको छ । यो असान्दर्भिक ढंगले यो जोडिएको छ भन्ने जनमत छ, हामीले त्यही ढंगले लिएका छौं ।
० संविधानविरोधी भएन कांगे्रस ?
– विरोधी होइन, आवश्यकताअनुसार संशोधन गर्दै अगाडि बढ्ने भनेर सबैले प्रतिबद्धता व्यक्त गरेको होइन ।
० राप्रपाको दुईवटा बुँदा मिलेन भनेर निर्वाचन आयोगले खारेज गर्दिएको बिर्सनुभो ?
– त्यो पनि गलत हो । त्यस्ता विचार भएका कतिपय दल निर्वाचन आयोगमा दर्ता भएका छन् । जुन दलका विचार संविधानमा भएका व्यवस्था भन्दा विपरित छन् । संविधानमा भएको व्यवस्था जनताले चाहेको अवस्थामा परिवर्तन हुनसक्ने छ, अथवा नभएका व्यवस्था पनि समावेश गर्न सकिन्छ ।
० कांगे्रस हिन्दू राष्ट्रमा फर्किन्छ ?
– कांगे्रस मात्र होइन, कुनै पनि दलले लोकतन्त्रमा आस्था राख्छ भने जनताको अभिमत, भावनालाई सम्मान गर्नुपर्छ । नेपालमा अहिले हिन्दू धर्मका पक्षमा सचेत र जागरुकका साथ लागेका छन् । यसलाई सम्मान गर्ने काम कांगे्रसले गर्नुपर्छ भन्ने ठूलो अभिमत पार्टीभित्र छ ।
० हिन्दू राष्ट्रका लागि जनमतसंग्रहमा कांगे्रस जानसक्छ ?
– नेपाली कांगे्रस कहिले पनि धर्मनिरपेक्ष्यको पक्षमा छैन । कांगे्रसको दस्तावेजमा त्यस्तो काहिँ धर्मनिरपेक्ष्य उल्लेख छैन । अहिलेको समस्या समाधान गर्न आवश्यक परे बढी विवाद गर्नुभन्दा जनतामा जानु राम्रो हुन्छ ।
० आवश्यकता हो ?
– हो, आवश्यकता । यो विषयमा कांगे्रस गम्भीर नभए मुलुक नयाँ संकटमा पर्छ । त्यसकारण यो विषयमा कांगे्रस जानुपर्छ भन्ने मजस्ता व्यक्तिहरुको दृष्टिकोण छ ।
– भीम आत्रेय

