२२ भाद्र २०८२, आईतवार
Follow Us

भारतबाट नेपालले पायो १५ वटा भैंसी उपहार

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०८०, शनिबार १०:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा मूर्रा जातका भैंसी उपहार दिने सहमति भएको छ । नेपाली पक्षको अनुरोधमा भैंसी उपलब्ध गराउने निर्णय भएको भारतीय विदेश मन्त्रालयबाट जारी विज्ञप्तिको २० औं नम्बर बुँदामा उल्लेख छ ।

विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मूर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ ।’

कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले दुवै पक्षबीच नानो फर्टिलाइजसर र प्राकृतिक खेती जस्ता द्विपक्षीय सहकार्यको नवीन आयामबारे छलफल भएको विदेश मन्त्रालयले जनाएको छ ।

पुष्पकमल दाहालको जारी भारत भ्रमणका क्रममा भएका सहमतिबारे त्यहाँको विदेश मन्त्रालयबाट जारी विज्ञप्ति

Press Release for PM visit – Nepali

धेरै पढिएको