१९ भाद्र २०८२, बिहीबार
Follow Us

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

नेपालब्रिटेन संवाददाता
१७ पुष २०८०, मंगलवार ०६:०३

जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा मृत्यु हुनेको संख्या ३० पुगेको जापानी अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रिय समाचार एजेन्सी क्योदोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको हो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् ।

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसयता लगातार परकम्पहरु गइरहेको जनाइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमबारदेखि जापानमा १ सय ५५ परकम्पहरु गएका छन् ।

सोमबार सुनामीको चेतावनी जारी गरिएकोमा मंगलबार बिहान त्यसलाई हटाइएको छ । भूकम्प प्रभावित क्षेत्रका अधिकांश घर तथा भवनहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।

धेरै पढिएको