१९ भाद्र २०८२, बिहीबार
Follow Us

विनोद राईले जिते ‘द भ्वाइस अफ नेपाल’ को उपाधि

नेपालब्रिटेन संवाददाता
२८ पुष २०८०, शनिबार ०५:५८

काठमाडौं । यस वर्षको ‘द भ्वाइस अफ नेपाल सिजन–५’ उपाधि विनोद राईले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा दर्शकको मतबाट तीन प्रतिस्पर्धीलाई उन्दिएै राईले भ्वाइसको ट्रफी जितेका हुन् ।

उनले नगद २० लाख रुपैयाँ हात पारेका छन् । भ्वाइसमा विनोद टिम मिलन नेवारको टिमबाट प्रतिस्पर्धामा थिए । यस्तै राजेश पायल राई टिमका मकरबहादुर योञ्जन फर्स्ट रनरअप, उदय सोताङ टिमका कुमार प्रयास राई सेकेन्ड रनरअप र प्रमोद खरेल टिमका नोगेन लिम्बु थर्ड रनरअप भए । आयोजकका अनुसार दर्शकले दिएको मतका आधारमा विजेता घोषणा गरिएको हो ।

धेरै पढिएको