१९ भाद्र २०८२, बिहीबार
Follow Us

लुम्बिनी पुगे अन्तरराष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङ

नेपालब्रिटेन संवाददाता
१ माघ २०८०, सोमबार १२:५५

काठमाडौँ । चीनको अन्तरराष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङ लुम्बिनी भ्रमणमा पुगेका छन् । सुङलाई नेपाल-चीन मैत्री समाज लुम्बिनीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित स्वागत गरेको छ ।

उपाध्यक्ष सुङको टोलीमा करिब ४० जना भिक्षुभिक्षुणी सम्मिलित छन् । लुम्बिनी पुगेका उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी लागेको बताए ।

उनले आफ्नो भ्रमणले लाखौँ चिनियाँ बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रमणमा आउन प्रेरित गर्ने विश्वास लिएको बताए ।

धेरै पढिएको