१६ भाद्र २०८२, सोमबार
Follow Us

घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१० माघ २०८०, बुधबार १३:२६

कैलाली । कैलालीको धनगढीमा घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । धनगढीस्थित पाँच तले घरको छतबाट हाम फालेका व्यवसायी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कमा सन्दीप स्टोर सञ्चालन गर्दै आएका अग्रवाल बुधबार बिहान साढे ११ बजेतिर घरको छतबाट हाम फालेका थिए । उनको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको