२३ जेष्ठ २०८३, शनिबार
Follow Us

ओलीको ब्रिफिङ : शक्ति केन्द्रहरु सक्रिय छन्, तर गठबन्धन चारै वर्ष जान्छ

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०८०, शुक्रबार १३:४९

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सत्ता समीकरण चारै वर्ष टिकाउनुपर्ने निष्कर्ष सुनाएका छन् । आज शुक्रबार एमाले मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन चारै वर्ष टिक्ने विश्वास समेत दिलाएका छन ।

जटिल परिस्थिति भएकाले पार्टीमा सल्लाह गर्न सकिएन । तर हामीले पाएको सफलता ठूलो हो’ अध्यक्ष ओलीको ब्रिफिङ थियो । एक पदाधिकारी अनुसार, कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन तोड्न राम्रै मेहनत गर्नु परेको ओलीले बताएका थिए । खमाओवादी केन्द्रलाई कांग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको ब्रिफिङ ओलीले गरेका थिए ।

ओलीले भने, ‘हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, अहिले सक्रिय छन्’ । तर ती शक्ति केन्द्रहरु आफै परास्त गर्नेगरी नयाँ गठबन्धन बनेको अध्यक्ष ओलीले बताए ।

‘अब जो जतिसुकै लागे पनि हामी चार वर्ष यो गठबन्धनलाई टिकाउँछौ, त्यसमा अरु दलहरु पनि प्रतिबद्ध छ’, ओलीले भनेका थिए । माओवादी केन्द्रसहित दलहरुसँग साझेदारी गर्दै सत्ताको यात्रा अगाडि बढाउने निर्णय गर्नेगरी आजको बैठक बसेको थियो । ‘हामी सरकारमा सहभागी भइसकेका छौं ।

तर त्यसबारे निर्णय गर्न बाँकी थियो’ ती पदाधिकारी भन्छन्, ‘अध्यक्षले सरकारमा सहभागी हुनु अगाडि माओवादीसँग कुराकानी गर्ने कुरा समेत गोप्य राख्नुपर्ने कारण परिस्थिति नै भएको बताउनुभयो ।’

आज बसेको एमाले सचिवालय बैठकले आगामी ८–९ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक राख्ने र १० वैशाखमा पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ । एमालेभित्र प्रतिनिधि परिषद् बैठक महाधिवेशन पछि शक्तिशाली संरचना हो ।

धेरै पढिएको

slot gacor