२३ जेष्ठ २०८३, शनिबार
Follow Us

बेलायतको अल्डरशटमा ‘भिन्तुना’ नेवारी रेष्टुरेण्ट संचालनमा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०८१, आईतवार ०३:३९

लण्डन । नेवारी खाना – खाजा रुचाउने पारखीका लागि बेलायतको अल्डरशटमा खुलेको छ नयाँ भिन्तुना नेवारी रेष्टुरेण्ट एण्ड वार ।

आइतवार देखि संचालनमा आएको रेष्टुरेण्टमा नेवारी परिकार खाना पाईनेछ । विशेष गरि नेपाली खानाका पारखीहरु र नेपालीहरुको बाक्लो उपस्थिति रहेको अल्डरशटमा घुम्न जाने नेपालीहरुको आर्कषक हुनेछ ।

रेष्टुरेन्ट संचालक सपन प्रधानका अनुसार अथेन्टिक नेवारी खाना मन पराउनेहरुको लागि सो रेष्टुरेन्टले नेपाली खाना पस्किने छ । नेपाली खानाको टेस्ट दिनको लागि रेष्टुरेन्टमा काम गर्ने सेफहरु समेत भक्तपुरबाटै ल्याईएको छ ।

बफ छोइला, ५ प्रकारका मःम, चाउमिन, प्लेन चटामरी, बारा, आलु साधेको, सेकुवा, सुकुटी साधेको, खुशीको भुटन, सुगुरको कान भुटन, फिस फ्राई, भटमास साधेको, सुकुटी चटपटे, आलुगोवी तामा, नेवारी खाजा सेट लगायतको खाना रेष्टुरेन्टले तयार पार्ने छ ।

विगत २४ वर्ष देखि क्याटरिङ पेशामा सकृय प्रधानले अन्य नेपाली रेष्टुरेन्टमा भन्दा भिन्तुनामा राम्रो सेवा र स्वादिस्ट खाना पाइने बताए ।

अल्डरशटको व्यस्त भिक्टोरिया रोडको मध्ये भागमा रहेको भिन्तुनामा राँगाको मासुको परिकार समेत राखिएको छ ।

धेरै पढिएको

slot gacor