कला तथा मनोरन्जन
गायक चोलेन्द्र पौडेलले हन्स्लोमा प्रस्तुति दिने
लण्डन। वेलायत भ्रमणमा रहेका लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेलले हन्स्लोस्थित नेपाली समुदायलाई आफ्नो प्रस्तुति दिने भएका छन्।
कार्यक्रम संयोजक रामजी बरालका अनुसार, पौडेलले शनिवार साँझ हन्स्लोस्थित काठमाण्डू जोनमा आफ्नो प्रस्तुति दिन लागेका हुन्।
पौडेलको सम्मानमा आयोजना हुने सो कार्यक्रममा उपस्थित हुन आयोजकले आग्रह गरेका छन्।
नेपालब्रिटेन डट कमको १७औं वार्षिकोत्सवमा भाग लिन आएका गायक पौडेलले पछिल्लो समय वेलायतका विभिन्न शहरमा आफ्ना लोकप्रिय गीतहरूको प्रस्तुति दिएर चर्चा कमाएका छन्। उनी अक्टोबरको पहिलो साता नेपाल फर्किने तयारीमा छन्।

