२८ आश्विन २०८२, मंगलवार
Follow Us

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०८१, सोमबार ०५:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा एक हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।

धेरै पढिएको